फेकनको अध्यक्षमा उम्मेदवारी दिएका उमेश कुश्वार भन्छन- ‘नेपालको उत्कृष्ट र विश्वसनीय शैक्षिक परामर्श संस्था बनाउछु’
- बैशाख २५, २०८२
- 0

स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) को अध्यक्ष पदका प्रत्याशी उमेश कुश्वारले फेकनलाई नेपालको उत्कृष्ट र विश्वसनीय शैक्षिक परामर्श संस्था बनाउने उदघोषसहित आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका कुश्वारले आफु कार्यसमितिमा रहदा अहिलेसम्म हासिल भएका उपलब्धीसहित अब नेतृत्वमा पुगेपछि गर्ने कामहरुबारे प्रष्ट पारेका छन ।
वैशाख २७ गते शनिवार नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा कुश्वरसहित रामशरण ढकाल चुनावी मैदानमा छन् ।
विगतमा गरेका काम र कार्यसमितिमा रहेर निभाएको जिम्मेवारी अनुसार आफु अध्यक्षका लागि स्वभाविक र योग्य उम्म्ेदवार रहेको बताउदै कुश्वार भन्छन, ‘फेकनलाई नेपालको उत्कृष्ट र विश्वसनीय शैक्षिक परामर्श संस्था बनाउने र सरकारसँग निरन्तर संवादमार्फत शैक्षिक परामर्श व्यवसायको दीर्घकालीन स्थायित्व सुनिश्चित गर्ने मेरा प्रमुख प्रतिबद्धता हुन् ।’
कुश्वारले सार्वजनिक गरेको विगतका उपलब्धी र अबका प्रतिवद्धता
म, उमेश कुश्वार, हाल फेकनको वरिष्ठ उपाध्यक्षको हैसियतले, फेकन निर्वाचन २०८२ मा अध्यक्ष पदका लागि मेरो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्दछु।
मैले विगत एक दशकदेखि फेकनमा निरन्तर योगदान दिँदै कार्यसमिति सदस्यदेखि वरिष्ठ उपाध्यक्षसम्मका विभिन्न जिम्मेवारीहरू इमानदारीपूर्वक वहन गर्दै आएको छु। मेरो नेतृत्वमा फेकनले राष्ट्रिय सीमा नाघ्दै अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न सफल भएको छ।
हाम्रो कार्यकालमा फेकनको इतिहासमै पहिलोपटक निम्न कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन्
१ आधुनिक ढंगमा वार्षिक साधारण सभा
२ सदस्यहरूको व्यवसायिक र व्यक्तिगत विकास कार्यक्रमहरू
३ अन्तर्राष्ट्रिय कलेज तथा विश्वविद्यालयहरूका प्रतिनिधिहरूसँग एजेन्ट मिट
४ फेकन फार्मंट्रिप – अष्ट्रेलिया, जुन शैक्षिक परामर्श क्षेत्रकै पहिलो ऐतिहासिक फार्म ट्रिप हो।
५ अष्ट्रेलियाको शिक्षा मन्त्रालय, विभिन्न देशका अध्यागमन विभागहरूसँग कूटनीतिक सम्बन्ध स्थापना
६ नेपाली दूतावास, महावाणिज्यदूत तथा नेपाली डायस्पोरा संस्थाहरूसँग मजबुत सहकार्य
६ फेकन फूटसल प्रतियोगिता
७ वृहद् फेकन पिकनिक
८ फेकन इतिहास सम्बन्धी पहिलो भिडियो
विशेष उपलब्धिहरू
१ फेकनमा विदेशबाट पहिलोपटक आर्थिक सहयोग ल्याउने कार्य सम्पन्न
२ दर्जनौं अन्तर्राष्ट्रिय कलेज तथा विश्वविद्यालयहरूसँग प्रत्यक्ष सञ्जाल स्थापना
३ प्राकृतिक विपत्तिका बेला अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सहयोग
४ धरौटीसम्बन्धी विषयमा सधैं सरकारसँग संघर्षरत
५ NOC (No Objection Certificate) सम्बन्धी समस्याको समाधानमा सक्रिय भूमिका
मेरो प्रमुख एजेन्डाहरू
१ फेकनलाई नेपालको उत्कृष्ट र विश्वसनीय शैक्षिक परामर्श संस्था बनाउने
२ सरकारसँग निरन्तर संवादमार्फत शैक्षिक परामर्श व्यवसायको दीर्घकालीन स्थायीत्व सुनिश्चित गर्ने
३ सदस्यहरूको व्यक्तिगत तथा व्यवसायिक समृद्धि अभियान सञ्चालन गर्ने
४ दक्ष कर्मचारीसहित डिजिटल र कॉर्पोरेट “नयाँ फेकन” कार्यालय स्थापना गर्ने
५ विदेशमा निधन भएका विद्यार्थीहरूको शव नेपाल ल्याउन विशेष कोष स्थापना गर्ने
६ “Fecon App” मार्फत विदेश जाने विद्यार्थीहरूको आगमनरप्रस्थानसम्बन्धी प्रामाणिक जानकारी प्रदान गरिनेछ।
७ वार्षिक “Fecon International Education Fair” आयोजना गर्ने
८ सदस्यहरूका लागि बीमा कोष स्थापना गर्ने
९ विदेशी विद्यार्थीहरूलाई नेपालमा अध्ययनको अवसर दिलाउने पहल गर्ने
१० अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि ७/३० दिनको आपतकालीन सहायता केन्द्र स्थापना गर्ने
११ दूतावास, अन्तर्राष्ट्रिय सरकार, काउन्सिलर तथा नेपाली डायस्पोरासँग बलियो सहकार्य
१२ “Fecon Business Group” स्थापना गरी अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने
१३ “Fecon Fam Trip” लाई विश्वव्यापी रूपमा विस्तार गर्ने
१४ नेपालमै “Fecon International Education Conference” आयोजना गर्ने
१५ विभिन्न दाताहरूको सहकार्यमा ँभअयल कोषलाई सुदृढ बनाउने
मेरो प्रतिबद्धता
१ फेकनलाई अझ व्यावसायिक, पारदर्शी र सदस्यमुखी संस्था बनाउने
२ सदस्यहरूको अन्तर्राष्ट्रिय नेटवर्क विस्तार गर्ने
३ विभिन्न मुलुकहरूसँग शैक्षिक सहकार्य र सहजीकरण गर्ने
४ महिला सदस्यहरूको सशक्त सहभागिता सुनिश्चित गर्ने
५ सदस्यहरूको क्षमता अभिवृद्धिका लागि विशेष तालिम र कार्यशालाहरू सञ्चालन गर्ने
६ फेकन सदस्यको मृत्युसम्बन्धी तथा कानुनी समस्यामा आर्थिक सहायता र प्रशासनिक सहयोग गर्ने
तपाईंहरूको साथ, समर्थन र विश्वास नै मेरो प्रेरणा हो। फेकनको उज्यालो भविष्य निर्माणमा मेरो नेतृत्व सक्षम, इमान्दार र परिणाममुखी हुनेछ भन्ने पूर्ण विश्वास दिलाउन चाहन्छु।
जय फेकन !
उमेश कुश्वार
वरिष्ठ उपाध्यक्ष, फेकन
अध्यक्ष पदका उम्मेदवार – फेकन निर्वाचन २०८२