जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्न माग
- बैशाख २५, २०८२
- 0

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्नका लागि माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै उनले ठेक्का उर्जामन्त्रीको समेत मिलेमतो र सेटिङको कुरा आएको भन्दै सत्यतथ्य छानविनका लागि माग गरे ।
उनले के सरकार सेटिङ र मिलेमतोमा नै चलिराख्ने हो भन्दै प्रश्न गरे ।
उनले भने,‘जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियामा उर्जा मन्त्रालयको मन्त्री र जगदुल्लाह हाइड्रोपावरको कार्यकारी निर्देशकको मिलेमतो भएको छ भन्ने कुराहरु विभिन्न सञ्चारमाध्यममा आएको छ । के सरकार सेटिङ र मिलेमतोमा नै चलिराख्ने ? यो विषय अख्तियारमा नि गएको छ । खरिद नियमावली विपरीत छ भनेर त्यहाँ पनि गएको छ । यसमा मन्त्रीको समेत मिलेमतो भएको कारण यसको छानविनको लागि माग राख्दछु ।’
0 प्रतिक्रिया
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले भने : ‘कानूनको कार्यान्वयन गर्ने बाहेक कुनै पूर्वाग्रह थिएन’

गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको पक्राउ सम्बन्धमा सहि नियतले कानूनको कार्यान्वयन गर्ने मनसाय बाहेक […]
डा. केसी कार्यसमितिलाई प्रधानमन्त्रीको साथ, ‘एनआरएनए कन्क्लेभ’ हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा रहेको डा. बद्री केसी समुहलाई साथ दिएका छन् । परराष्ट्र मन्त्रालयले […]
विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

उर्जामन्त्री दिपक खड्काले सरकारले कहिलेपनि वक्यौता रकम नउठाए पनि हुन्छ भनेर कसैले नभनेको बताएका छन् । बिहीबार विद्युत नियमन आयोगको […]
जेठ १५ बाट अनिश्चितकालीन जनआन्दोलन गर्ने राजावादीहरुको घोषणा

राजसंस्था पुनस्र्थपानका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ १५ बाट अनिश्तकालिन आन्दोलनको घोषणा गरेको छ । बिहीबार […]
प्रयोगशाला हुने उपचारात्मक परीक्षणमा देशलाई आत्मनिर्भर बनाउन जरुरी

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रयोगशाला हुने उपचारात्मक परीक्षणहरुमा देशलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताएका छन् । राष्ट्रिय अत्यावश्यक निदानात्मक […]