आज जानकी नवमी : साही स्नान सम्पन्न, मधेश प्रदेशमा सार्वजनिक विदा
- बैशाख २३, २०८२
- 0
आज जानकी नवमी धुमधामका साथ मनाईदै छ । वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाउने गरिन्छ ।
माता सीताको जन्मोत्सवको दिन आज खासगरी जनकपुरधामस्थित जानकी मन्दिरमा विभिन्न कार्यक्रम गरी मनाउनुका साथै देशभरिका विभिन्न स्थानमा रहेका सीता माताको मन्दिरमा विशेष पूजा पाठ गरिदैछ ।
जानकी नवमीको अवसरमा जनकपुरधामस्थित ऐतिहासिक दुधमती नदीमा साधुसन्त तथा भक्तजनहरुले साही स्नान गरेका छन् । सीता माता धर्तीबाट निस्किए पछि उनलाई धुत खुवाउन दुधमती नदि प्रकट भएको जनविश्वास रहेको छ । रामायणकालिण समयमा यस नदिमा दुध बग्ने र सोही दुध सीता माताले पिउने गरेको बताईन्छ ।
जानकी नवमीको अवसमा आज जानकी मन्दिरमा बधाइगान, प्राकट्य उत्सव, जानकी डोला यात्रा, तिल्कोत्सव र दिप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जानकारी दिए ।
मधेश प्रदेश सरकारले जानकी नवमीको अवसरमा मंगलबार सार्वजनिक बिदा समेत दिएको छ ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




