सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने
- बैशाख २२, २०८२
- 0

आज संघीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक बस्दै छ ।
जस अन्र्तगत प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बैठक बस्ने भएको हो ।
आजको बैठकमा वैशाख १९ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा छलफल हुने भएको हो । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आजबाट सदनमा छलफल सुरु हुने भएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते (शुक्रबार) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव गर्ने कार्यसूची छ ।
नीति तथा कार्यक्रममाथि सदस्यहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गर्ने बैठकको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यस्तै राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने र बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललेबाट वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा आज र भोलि छलफल हुनेछ ।
आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।