सहिद परिवारका सदस्यहरु गृहमन्त्रालय अगाडि धर्नामा

news-details

जनकपुर । मधेश प्रदेशका आठवटै जिल्लाका सहिद परिवारका सदस्यहरुले मधेश प्रदेश अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालय अगाडि धर्नामा बसेका छन् ।

विभिन्न गुनासो लिएर आठवटै जिल्लाका करिब ३० जना बढि सहिद परिवारका सदस्यहरु आइतबार विहान १० बजेदेखि मन्त्रालय अगाडि धर्नामा बसेका छन् ।  उनीहरुले प्रदेश सरकारले आश्वासन दिएर आफूहरुको वास्ता नगरेको आरोप लगाएका छन् । आफूहरुलाई प्रदेश सरकारले जागिर दिएपनि विभिन्न कारण देखाई हटाएको र काम गरिहरेकाहरुलाई पनि एक वर्षदेखि तलब नदिएको गुनासो उनीहरुको छ ।

आफ्ना समस्या सुनाउन आउँदा गृहमन्त्री राज कुमार लेखीले वेवास्ता गरेको आरोप पोखरीया नगरपालिकाबाट आएका सहिद चन्दन पटेलका पिता अवधेश प्रसाद पटेलले लगाएका छन् । उनले सहिद प्रतिष्ठान गठन भएपनि विगतमा एकजना सदस्यको मृत्यु भएपछि आफूहरुको समस्या मन्त्रालयसम्म पुगाउने अब कुनै आधार बाँकी नरेको सुनाएका छन् । उनले आफूहरुले सदस्यका लागि नाम सिफारिस गरेको दिएतापनि महिनौंदेखि अलपत्र अवस्थामा प्रतिष्ठान रहेको जनाए । यता गृह सञ्चार तथा कानुनमन्त्री राज कुमार लेखीले सहिद प्रतिष्ठान ऐन आगामि प्रदेश सभामा प्रस्तुत गर्ने र सो ऐन जारी भएपछि सहिद परिवारको सम्पूर्ण समस्या समाधान हुने बताए ।

उनले विगतका सरकारले सहिद परिवारको सदस्यहरुलाई गम्छा र माला लगाई वर्षमा एक पटक आर्थिक सहयोगको नाममा एकदुई लाख रुपैयाँ दिने गरेकोमा त्यसले आंशिक रुपमा सहिद परिवारका सदस्यहरुलाई केही राहत भेटे पनि दिर्घकालिन समाधान नभएको धारणा राखे । सहिद परिवारका सदस्यहरुको दिर्घकालिन व्यवस्थापन गर्न सहिद प्रतिष्ठान ऐन आवश्यक रहेको गृहमन्त्री लेखिले जनाए । उनले सो ऐनको सम्पूर्ण कार्य पूरा भइसकेको र अब बस्ने प्रदेश सभाको पहिले बैठकमै उक्त ऐन पेस हुने जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *