जनमत र नाउपाबीच आज पार्टी एकीकरण हुँदै
- बैशाख १७, २०८२
- 0

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच बुधबार पार्टी एकताको घोषणा हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे पार्टी एकताको घोषणा गरिने बताइएको छ ।
जनमत र नागरिक उन्मुक्ति पार्टी एकीकरण पछि पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ रहनेछ । जसको संरक्षकमा उन्मुक्ति पार्टीका रेशम चौधरी रहने छन् भने जनमतका सीके राउत अध्यक्ष र नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ सहअध्यक्ष रहने सहमति भएको छ । एकता पछिको नयाँ पार्टीको चुनाव चिह्न ढकिया हुनेछ ।
सहमति अनुसार मर्यादाक्रममा क्रमशः चौधरी, राउत र श्रेष्ठ रहनेछन् भने २५ सदस्यीय केन्द्रीय पदाधिकारी, ५१ सदस्यीय केन्द्रीय कार्यसमिति र दुवैतर्फबाट ३५०/३५० गरी कम्तिमा ७ सय केन्द्रीय सदस्य रहने छन् ।
एकीकरण पछि प्रतिनिधिसभामा एकीकृत पार्टीमा जनमतका ६ र नागरिक उन्मुक्ति पार्टीका चार गरी १० सांसद हुने छन् ।
0 प्रतिक्रिया
रेशम चौधरीलाई रिहा गर्न सर्वोच्चले पत्र पठाउदै, अघिल्लो पत्र लेख्ने विष्ट प्रहरी नियन्त्रणमा

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी तत्कालै छुट्ने भएका छन् । चौधरीलाई रिहा गर्न सर्वोच्च अदालतले पत्र पठाउने भएको छ […]
सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता सकारात्मकरुपले अगाडि बढेको छ : प्रदिप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा सुझाव प्राप्त गर्नका लागि बैठक […]
जनमत-नाउपा पार्टीको एकीकरण घोषणा स्थगित

जनमत र नागरिक उन्मुक्ति पार्टीको एकीकरण घोषणा स्थगित भएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेपछि […]
बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताएका छन् । आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने […]
प्रज्ञा भवन परिसरबाटै रेशम चौधरी पक्राउ

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । जनमत पार्टी र नाउपा पार्टीबीच एकता घोषणाको तयारी भइरहेका […]