दुईवटा संसदीय समितिको बैठक बस्दै
- बैशाख १७, २०८२
- 0

संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ । आज महिला तथा सामाजिक मामिला समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठक बस्न लागेको हो ।
महिला तथा सामाजिक ममिला समितिको बैठक बिहान ८ बजे समितिको सभाकक्ष सिंहदरबारमा बोलाइएको छ । बैठकमा सिड (सीईडीएडब्लु)को आधारभूत सिफारिस नम्बर ३९ सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठक दिउँसो ३ बजे पूर्वाधार विकास समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ ।
बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारले संघीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८०–८१को सरकारको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।
0 प्रतिक्रिया
संयुक्त समितिमा सरकारको वार्षिक प्रतिवेदनमाथि छलफल सुरु

संयुक्त समिति आर्थिक वर्ष २०८०/०८१ को सरकारको वार्षिक प्रतिवेदनमाथिको छलफल सुरु भएको छ । बुधबार सिहंदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, […]
कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा, प्रधानमन्त्रीले उद्घाटन गर्दै

कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलोपटक आयोजना हुन लागेको कोशी लगानी सम्मेलनको भोली (विहिबार) प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका […]
रेशम चौधरीलाई रिहा गर्न सर्वोच्चले पठायो पत्र, अघिल्लो पत्र लेख्ने विष्ट प्रहरी नियन्त्रणमा

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी छुट्ने भएका छन् । चौधरीलाई रिहा गर्न सर्वोच्च अदालतले पत्र पठाएको छ । बुधबार […]
सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता सकारात्मकरुपले अगाडि बढेको छ : प्रदिप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा सुझाव प्राप्त गर्नका लागि बैठक […]
जनमत-नाउपा पार्टीको एकीकरण घोषणा स्थगित

जनमत र नागरिक उन्मुक्ति पार्टीको एकीकरण घोषणा स्थगित भएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेपछि […]