काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्दै

news-details

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले सोमबार काठमाडौंमा प्रदर्शन गर्दैछ ।

गत चैत १५ गते भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलगायत ६४ जना पक्राउको विरोधमा राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।

प्रदर्शन आज १ः३० बजे प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा हुने राप्रपा नेपालले जनाएको छ । यस्तै यसअघि संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले यसअघि नै विज्ञप्ति जारी गर्दै वैशाख १५ गते काठमाडौंमा राप्रपा नेपालले आयोजना गर्ने जनप्रदर्शनमा आफ्नो पूर्ण साथ, सहयोग रहने जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *