यस्तो छ आजको मौसम
- बैशाख १४, २०८२
- 0

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
आइतबार देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको महाशाखाले जनाएको छ।
यस्तै ,कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ भने हाल गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
मधेस प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङको सम्भावनाका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ ।
0 प्रतिक्रिया
गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। चट्याङ लागेर मुत्यु हुनेमा सहिद लखन गाउँपालिका–१, […]
काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्दै

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले सोमबार काठमाडौंमा प्रदर्शन गर्दैछ । गत चैत १५ गते भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक […]
आन्दोलन थप चर्काउदै महासंघ, सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन अपिल

आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको […]
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्न लागेको हो । आजको प्रतिनिधिसभाको […]
यी स्थानमा आज मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

सोमबार देशको पूर्वी भागमा वर्षा हुने सम्भावना देखिएको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल […]