आज १९औँ लोकतन्त्र दिवस मनाइँदै
- बैशाख ११, २०८२
- 0

आज (बिहीबार) देशभर १९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो दिवस मनाइँदैछ ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ साल जेठ ८ गते विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको २०६३ साल वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ ।
२०६२–६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो ।
0 प्रतिक्रिया
अधिकार विकेन्द्रीकरण नगर्दा जनतामा असन्तुष्टि बढ्यो : डा.शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले हाल केन्द्रकृत शासन भइरहेकाले असन्तुष्टि बढेको र देश विकास हुन नसकेको बताएका छन् । बिहीबार […]
साहस, सौन्दर्य र जोखिमको संगम : ‘तेन्जिङ–हिलारी विमानस्थल’

सगरमाथा क्षेत्र प्रवेश गर्ने प्रमुख नाका मानिने तेन्जिङ-हिलारी विमानस्थल (लुक्ला विमानस्थल) विश्वकै एक चुनौतीपूर्ण विमानस्थलको रूपमा चिनिन्छ। यो विमानस्थल विश्वकै […]
माओवादी संसदीय दलको बैठक सिंहदरबारमा जारी

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको पूर्ण बैठक सिंहदरबारस्थित दलको कार्यालयमा जारी छ । बैठकमा शुक्रबारदेखि सुरु हुन […]
रास्वपा संसदीय दलको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । बैठक दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बस्नेछ । बैठकमा […]
एमालेले आज ‘युथ सेलिब्रेशन’ गर्दै, एक लाख युवा उतार्ने दाबी

नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौंमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रमको आयोजना गर्दैछ । लोकतन्त्र दिवसको अवसर […]