पहलगाम घटना : प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद
- बैशाख १०, २०८२
- 0

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोनमा कुराकानी गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज कस्मिरको पहलगाममा भएको घटनाकाबारेमा समकक्षी मोदीसँग कुराकानी गरेका हुन् । प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गर्दै आतंकवादविरूद्व आफूहरू साथमा रहेको बताएका थिए ।
कुराकानीका क्रममा मोदीले आतंकवादीलाई कारबाही गर्न भारत सरकार प्रतिवद्व रहेको बताएका छन् ।
‘उक्त आतंकवादविरुद्धको लडाइामा भारत र नेपाल एकसाथ उभिएका छन्’, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने, ‘प्रधानमन्त्री मोदीले एक युवा नेपाली नागरिकको मृत्यु भएको प्रति समवेदना व्यक्त गर्नुभएको छ ।’
प्रधानमन्त्री ओलीले पनि सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री मोदीसँग आतंकवादी हमलाबारे कुराकानी भएको उल्लेख गरेका छन् ।
0 प्रतिक्रिया
रघुजी पन्त शिक्षामन्त्री नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामन्त्रीमा एमाले नेता रघुजी पन्तलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् […]
रिजन चेयर पर्सन मेघा तिमल्सिनाको रिजन कन्फ्रेन्स : ३ जना सामाजिक व्यक्तित्व सम्मानीत (फोटोफिचर)

काठमाडौं – लायन्स इन्टरनेशनल ३२५ आइ नेपाल अन्तर्गत रिजन ११ का चेयर पर्सन लायन मेघा तिमल्सिनाले आफ्नो रिजन कन्फ्रेन्स आज […]
कक्षा १२ को संशोधित परीक्षा तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले नयाँ मिति अनुसार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । शिक्षक आन्दोलनका कारण बोर्डले हिजोमात्र […]
पहलगाम घटना : प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोनमा कुराकानी गरेका छन् । प्रधानमन्त्री ओलीले आज कस्मिरको पहलगाममा भएको घटनाकाबारेमा […]
प्रधानमन्त्री र चर्चित फुटबलर रोबर्टो कार्लोसबीच भेटघाट

प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसबीच आज भेटघाट भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, […]