जनप्रगतिशील मञ्च माल्टाको कार्यसमिति पुर्नगठन, बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

news-details

नेपाली जनप्रगतिशील मञ्च माल्टाले कान्छाराम बुढाथोकी (बिनय)को अध्यक्षतामा कार्यसमिति पुर्नगठन गरि आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।

गत आइतबार सम्पन्न नेपाली जनप्रगतिशील मञ्च, माल्टाको पूर्ण कमिटी बैठकले यसअघि पनि अध्यक्षकै जिम्मेवारीमा रहेका बुढाथोकीको अध्यक्षतामा कार्यसमिति पुर्नगठन गरेकको हो ।

पुर्नगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अर्जुन लिम्बू, उपाध्यक्षमा समुन्द्र भट्टराई र कृष्ण सुबेदी, महिला उपाध्यक्षमा इन्दिरा कन्दङ्वा, महासचिवमा अनन्त भण्डारी, सचिवमा शंकर श्रेष्ठ, कोषाध्यक्षमा विष्णु चापागाईं र सह–कोषाध्यक्षमा अमिता सुनार चयन भएका छन ।

यस्तै कार्यसमिति सदस्यहरुमा पशुपति गौतम (रोहित), रत्नबहादुर खाती, सन्तोष सुवेदी, अनिल चापागाईं, विशाल बुढाथोकी, श्रीकृष्ण बुढाथोकी, सोमित लिम्बू, रुद्र कार्की, पूर्णबहादुर बुढाथोकी, रिशब सुनार, रामकाजी लामिछाने, नारायणप्रसाद चापागाई, जुना मगर (ढुङ्गाना), जेपी शर्मा (अगन्त ठाकुर), उदय लिम्बू र मिलन विक चयन भएका छन ।

मञ्चको बैठकमा नयाँ सदस्यता वितरणको निर्णय हुनुका साथै अध्यक्ष बुढाथोकीद्धारा प्रस्तुत पूर्व प्रस्तावित विधानलाई प्राप्त सुझाव तथा सल्लाहको आधारमा संशोधन गर्ने कार्यका लागि नारायण प्रसाद अधिकारी, यज्ञराज ढुङ्गाना र ⁠गजेन्द्र लिम्बूको सदस्यतामा नयाँ समिति गठन समेत गरिएको छ ।

यस्तै मञ्चका सदस्य नारायणप्रसाद चापागाईंको उपचारका लागि ४५० यूरो आर्थिक सहयोग प्रदान गर्ने र थप सहयोग निरन्तर जारी राख्ने, संगठनका सबै सामाजिक सञ्जाल आधिकारिक रूपमा अध्यक्ष र महासचिवको संयुक्त पहुँचमा संचालन गर्ने निर्णय गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *