काठमाडौं आइपुगे भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर
- बैशाख ९, २०८२
- 0

भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई दिने भ्रमणका लागि आज नेपाल आएका छन् ।
उनलाई ऊर्जा मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरुले स्वागत गरेका थिए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर काठमाडौं आइपुगेका हुन् ।
ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युत्मन्त्री खट्टरले आज भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी बसन्तपुर सबस्टेसन संयुक्त रूपमा संखुवासभा तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम छ ।
खट्टरले आजै भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्र पनि अवलोकन गर्नेछन् ।
0 प्रतिक्रिया
वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको स्वास्थ्य परीक्षणका लागि शहीद धर्मभक्तमा बेग्लै वार्ड

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि निःशुल्क ओपीडी वार्ड स्थापना गर्ने निर्णय भएको छ । दुई दिन अघि संयुक्त […]
जनप्रगतिशील मञ्च माल्टाको कार्यसमिति पुर्नगठन, बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

नेपाली जनप्रगतिशील मञ्च माल्टाले कान्छाराम बुढाथोकी (बिनय)को अध्यक्षतामा कार्यसमिति पुर्नगठन गरि आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ । […]
कक्षा १२ को वार्षिक परीक्षा नसार्ने बोर्डको निर्णय

कक्षा १२ को वार्षिक परीक्षा नसर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा नसार्ने निर्णय गरेको हो […]
काठमाडौं आइपुगे भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर

भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई दिने भ्रमणका लागि आज नेपाल आएका छन् । उनलाई ऊर्जा […]
फेवाताल किनारका होटल व्यवसायीहरुले गरे खानेपानीको माग

सात तालको शहर पोखरा, त्यसमा पनि नेपालकै सबैभन्दा ठुलो ठानिएको फेवातालको किनारमा होटल व्यवसाय गरिरहेका पोखराका व्यवसायीहरुले नेपाल खानेपानी संस्थानसँग […]