राप्रपाका अध्यक्ष लिङदेनसहितका नेताहरुलाई सिंहदरबारबाटै प्रहरीले लियो नियन्त्रणमा
- बैशाख ७, २०८२
- 0
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरुलाई सिंहदरबारबाटै प्रहरीले नियन्त्रणमा लिएको छ।
लिङदेनसहित राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद दीपक सिंहलगायलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूले सिंहदबारस्थित संसदीय दलको कार्यालय परिसरबाटै सरकारको विरोध गरेका थिए।
राप्रपा नेताहरुले बानेश्वर पुगेर निषेधित क्षेत्र तोड्दै गिरफ्तारी दिने तयारी गरेका थिए। त्यसअगाबै सिंहदरबारमा सरकारको विरोधमा उत्रिएपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
त्यसअघि राप्रपाका प्रमुख सचेतक शाहीले सिंहदरबारमै आफूहरुलाई प्रहरीले बन्धक बनाएको भन्दै फेसबुक लाइभ गरेका थिए। उनले संसदीय दलको कार्यालय अगाडि बाक्लो रुपमा प्रहरी आएको डिएसपीको कमाण्डमा प्रहरीले संसदीय दलको कार्यालयमा घेरा हालेका बताएका थिए।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




