नेपाल–भारतका सुरक्षा अधिकारीहरुको सीमा सुरक्षा सम्बन्धी बैठक सम्पन्न
- बैशाख ६, २०८२
- 0

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहारको मधुवनीमा आउने भएपछि नेपाल र भारतका सुरक्षा अधिकारीहरुबीच सीमा सुरक्षा सम्बन्धि छलफल सम्पन्न भएको छ ।
भारतीय प्रधानमन्त्री मोदी अप्रिल २४ तारिखका दिन बिहारको मधुवनीमा आउन लागेका हुन् । उनको भ्रमणलाई ध्यानमा राख्दै भारतीय सुरक्षा अधिकारीहरुको अगुवाईमा सीमा सुरक्षा सम्बन्धि छलफल भएको हो ।
भारतको जयनगरमा भएको छलफलमा नेपालको तर्फबाट धनुषा, महोत्तरी, सिरहा तथा सप्तरीका प्रमुख जिल्ला अधिकारीहरु, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुखको सहभागिता रहेको थियो भने भारतको तर्फबाट मधुवनी जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो । बैठकबाट ७ बुँदे सुरक्षा सम्बन्धि निर्णयहरु समेत गरिएका छन् ।
0 प्रतिक्रिया
राप्रपाको प्रदर्शनमा सीमित नेताहरू मात्रै सहभागी हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आजको प्रदर्शन शान्तिपूर्ण हुने र सीमित नेताहरू मात्रै सहभागी रहने बताएका छन् । […]
अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको अध्यक्षमा अरुण अधिकारी

विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यसहित क्रियाशील अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नयाँ केन्द्रीय कार्यसमिति शनिबार चयन गरिएको छ । सन् […]
राप्रपाले आज निषेधित क्षेत्रमा प्रर्दशन गर्दै, गैरकानुनी क्रियाकलाप नगर्न गृह मन्त्रालयको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजबाट राजसंस्था पुनस्र्थापनाका लागि सशक्त आन्दोलन गर्ने भएको छ । आज पहिलो दिनमा निषेधित क्षेत्र तोडेर […]
शिक्षक काठमाडौँ केन्द्रित आन्दोलनमा, विद्यार्थी भर्ना अभियान प्रभावित

दिपेश पौडेल / रौतहटका शिक्षक काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका कारण नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान प्रभावित भएको […]
आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । […]