प्रभु बैंक र गोरखा गार्डन होटलबीच विशेष छुट सम्झौता

news-details

प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं.–६ अर्घले स्थित गोरखा गार्डन होटल प्रा.लि. बीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बीच गोरखा गार्डन होटलको तर्फबाट अध्यक्ष सुरेन्द« कुवर र प्रभु बैंकको तर्फबाट बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु रानाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड÷क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डन होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

गोरखाको मुटुमा अवस्थित, गोरखा गार्डेन होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ ।

प्रभु बैंक तथा गोरखा गार्डन होटलबीच भएको योे साझेदारीले गोरखाको पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंकका ग्राहकहरु पनि लाभान्वित हुनेछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *