वीरगञ्जमा दुई पक्षबीचको झडपले स्थिति तनावग्रस्त, कर्फ्यु आदेश जारी
- चैत्र ३०, २०८१
- 0

पर्साको वीरगञ्जमा दुई पक्षबीचको झडपले स्थिति तनावग्रस्त बनेपछि प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकपछी वीरगञ्जका विभिन्न क्षेत्रमा प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको कफ्र्यु आदेशमा आज साँझ ६ः३० बजे देखि भोलि दिनको १२ बजे सम्म रहने उल्लेख छ । पुर्वमा भेडियाहि चोक, पश्चिममा सिर्सया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट सम्म कफ्र्यु आदेश जारी गरेको छ ।
सो सिमाना भित्र कसैलाई आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदशन, सभा, बैठक, घेराउ लगायत गर्न नपाउने गरि कफ्र्यु आदेश जारी गरेको पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले जानकारी दिए ।
उनका अनुसार स्थानीय प्रशासन ऐन ,२०२८ को दफा ६ (क) बमोजिम कफ्र्यु आदेश जारी गरेको हो । हनुमानको जन्मजयन्तीको अवसरमा निस्केको शोभा यात्रा छपकैयाको इदगाह चोकमा पुगेपछी झडप भएको हो ।
उक्त शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि दुबै पक्ष बिच झडपमा भएको बताइएको छ । झडपमा परेर स्थानीय र प्रहरीसमेत घाइते भएका छन् । उनीहरूको अहिले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भैरहेको छ ।
0 प्रतिक्रिया
सहकारीका समस्याबारे राष्ट्रपतिको चासो, मन्त्री र सचिवलाई दिए निर्देशन

राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो व्यक्त गरेका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भूमि व्यवस्था, […]
सुजन बाग श्रेष्ठले तेस्रो पटक छेडे जिब्रो (तस्वीरहरू)

भक्तपुरको मध्यपुरथिमि स्थित बोडेमा परम्परागत जिब्रो छेड्ने जात्रा मनाइएको छ । जात्रामा यस वर्ष तेस्रोपटक स्थानीय २८ वर्षीय सुजन बाग […]
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मंगलबार साँझ ६ बजे बालुवाटारमा बस्नेगरि बैठक बोलाइएको हो ।
त्रिविको उपकुलपतिको जिम्मेवारी डा केसीलाई

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीलाई बढीमा तीन महिनाका […]
शिक्षकहरुको आन्दोलन जारी, विद्यार्थी भर्ना अभियान प्रभावित

विद्यालय शिक्षा ऐनको मागसहित सडक आन्दोलनमा होमिएका शिक्षकहरुले मंगलबार पनि निरन्तरता दिएका छन् । चरणबद्ध रुपमा आन्दोलन अघि बढाइरहेका देशभरका […]