तस्वीरमा हेर्नुहोस् बालाजु २२ धारा मेला

news-details

काठमाडौंको बालाजुमा आज बाइसधारा मेला लागेको छ । चैत शुक्ल पूणिर्माका दिन यहाँ वर्षेनी मेला लाग्ने गर्छ । बाइसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाईंकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास रहेको छ ।

मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए । नागार्जुनको वनमा एक किसिमको ल्हुति भन्ने फल पाउने गरिएको र त्यस फलको रस मिसिएर त्यहाँको पानी बग्ने भएकाले पानी औषधिय महत्वको रहेको विश्वास गरिन्छ । यस कारण पनि बाइसधाराको पानीमा नुहाउँदा चर्मरोग निको हुने विश्वास गरिन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *