दुर्गा प्रसाईंलाई विमानस्थलबाट काठमाडौं प्रहरी परिसर पुर्याइयो
- चैत्र २९, २०८१
- 0
झापाको भद्रपुर हुँदै काठमाडौं ल्याइएका राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै जिल्ला प्रहरी परिसर काठमाडौं पुर्याइएको छ ।
चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनका कमान्डर प्रसाईं सोही दिनदेखि फरार थिए। प्रहरीका अनुसार उनलाई भद्रपुरबाट नियन्त्रणमा लिइएको हो ।
बिहीबार भारतीय प्रहरीको सम्पर्कमा पुगेका प्रसाईंलाई आज शुक्रबार बिहान भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याइएको हो ।
प्रहरी आवश्यक कागजात मिलाएर शुक्रबार नै म्याद थपका लागि प्रक्रिया अघि बढाउने तयारी गरेको छ । उनीविरुद्ध ज्यान मार्ने उद्योगसहितमा मुद्दा चलाउने प्रहरी तयारी छ ।
प्रहरी भ्यानमा रहेका प्रसाईंको तस्विर र भिडियो भने मिडियाले कैद गर्न पाएनन् ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




