नेपाल बार एसोसिएसनमा मिश्रको प्यानल नै विजयी
- चैत्र २८, २०८१
- 0

नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा विजयप्रसाद मिश्र विजयी भएका छन्।
नेकपा एमाले र नेपाली कांग्रेस निकट कानुन व्यवसायीको प्यानल लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहको मिश्र प्यानलनै बिजयी भएको छ ।
आज सम्पन्न मतगणनाबाट मिश्र नेतृत्वको प्यानलै विजयी भएको हो । डा. मिश्रले निकटतम प्रतिद्वन्द्वी रमनकुमार श्रेष्ठलाई २ हजार ४३१ मतान्तरले पराजित गरे ।
मिश्रले ५ हजार ५२ मत पाउँदा श्रेष्ठले २ हजार ६२१ मत पाएका छन्। निर्वाचनबाट महासचिवमा केदारप्रसाद कोइराला निर्वाचित भएका छन्।
मिश्र प्यानलकै उम्मेदवार कोइरालाले ४ हजार ८७४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी यज्ञमणि न्यौपानेले २ हजार ३६७ मत पाए।
0 प्रतिक्रिया
रौतहट आगलागी : दुई करोड मुल्य बराबरको क्षती

रौतहटको छुट्टाछुटै स्थानमा गएराती भएको आगलागीमा करीब दुई करोड मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । बैधिमाइ नगरपालिका ५ […]
सुनकोशीको बाढीले क्षति पुर्याएको झोलुङ्गे पुल आउने वर्षा अगाडि नै बन्ने

गत असोज महिनामा सुनकोशी नदीमा आएको बाढीले क्षति पु¥याएको पुछिघाटनको झोलुङ्गे पुल आउने वर्षा अघि नै बन्ने बन्ने भएको छ […]
सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन् । शुक्रबार भएको नवौँ महाधिवेशनबाट अध्यक्ष पन्थी निर्वाचित भएकी हुन् । […]
प्रमुख निर्वाचन आयुक्त थपलियाको बिदाइ

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई शुक्रवार बिदाइ गरिएको छ । आयोगले एक कार्यक्रमको आयोजना गरी थपलियालाई बिदाइ गरेको […]
गाईगोठमा भविष्य खोजिरहेका दिपेश भन्छन- ‘सोचेजस्तो उपलब्धि नभएपछि विदेशमा मन अडिएन’

रोजगार शब्द नै पर्याप्त छ, कामको खोजी गर्नुु भनेर बुुझ्न । यसले आवश्यकता महसुुस गराउँछ । मानिस बाँच्नको लागि अवसरको […]