बार निर्वाचनको मतगणना आजदेखि सुरु हुँदै

news-details

शनिबार सम्पन्न नेपाल बार एसोसिएसनको निर्वाचनको मतगणना आज सुरु हुँदैछ ।

आज बिहान १० बजे बैठक बसेर दिउँसो १२ बजेदेखि मतगणना सुरु गर्ने तयारी रहेको प्रमुख निर्वाचन अधिकृत रामकृष्ण निरलाले जानकारी दिए ।

काठमाडौंस्थित बारको कार्यालयमै मतगणना गरिनेछ । मतगणना सक्न ३ देखि ४ दिनसम्म लाग्न सक्ने उनले बताए । बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको चयनका लागि शनिबार मतदान भएको थियो ।

काठमाडौं र बाहिर गरी ३६ वटा केन्द्रमा मतदान भएको हो ।

नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *