रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

news-details

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदैछ ।

बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा शुक्रबार राति काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई आज रूपन्देही प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो । अदालतमा उपस्थित गराई प्रक्रिया पूरा गरेपछि आजै उनलाई थुनामा पठाइने तयारी प्रहरीको छ ।

शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याउँदै शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो ।

जिल्ला अदालतले त्यसअघि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश गरेको थियो । त्यस आदेश बदर गरी साधारण तारेखमा छुट्ने आदेशको माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए । उच्चले जिल्लाको आदेश उल्ट्याएर थुनामा पठाउन भनेपछि उनलाई काठमाडौंस्थित निवासबाट पक्राउ गरी रूपन्देही पठाइएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *