आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
- चैत्र २५, २०८१
- 0

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ ।
यस्तै, महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक–दुई स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यस्तै, रातिमा भने देशभर मौसम मूख्यतया सफा रहनेछ ।
0 प्रतिक्रिया
रास्वपाले सातै प्रदेशमा तोक्यो इन्चार्ज, महाधिवेशन फागुनमा सार्ने निर्णय

रास्वपाले सातै प्रदेशका इन्चार्ज तोकेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले प्रदेशका इन्चार्जहरू तोकेको हो । जस अनुसार […]
‘अभिमूखिकरण तालिम’मा वैदेशिक रोजगार विभागको शंकास्पद कदम !

वैदेशिक रोजगार विभागमा अहिले महानिर्देशक छैनन् । विभागका महानिर्देशक सूर्य बहादुर खत्रीको अवकासको अवधि सकिनुभन्दा २० दिन अगाडि नै मन्त्रालय […]
नेपाल प्रहरीका ६ जना डीआईजी एआईजीमा बढुवा

नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । जसमा चन्द्र कुबेर खापुङको नाम […]
उच्च अदालत जनकपुरबाट रामबहादुर बमजनले पाए सफाइ

यौन दुराचार मुद्दा खेपिरहेका ‘तपश्वी’ रामबहादुर बमजनले उच्च अदालतबाट सफाइ पाएका छन् । उच्च अदालत जनकपुरबाट उनले सफाइ पाएका हुन् […]
भिमाको परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन अदालतको आदेश

जिल्ला अदालत सुर्खेतले कर्णाली प्रदेश अस्पतालमा चिकित्सकको लापरवाहीले मृत्यु भएको भनिएकी दैलेखकी भिमा गुरुङका आफन्तलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने […]