पत्रकार सुरेश रजकको निवासमा शुभेच्छुक र विशिष्टहरुको भीड, देउवा पनि पुगे
- चैत्र २४, २०८१
- 0
राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनका क्रममा चैत्र १५ गते शुक्रबार काठमाडौँको तीनकुनेमा आगो लगाएर हत्या गरिएका पत्रकार सुरेश रजकका शोकमा रहेका परिवारलाई शान्तवाना दिन शुभेच्छुकदेखि विशिष्ट व्यक्तिहरुको भीड देखिएको छ ।
ताहचलस्थित निवासमा किरियामा बसेका आफन्त र परिवारजनलाई समवेदना प्रकट गर्न र मृतक रजकप्रति श्रद्धान्जली व्यक्त गर्न विशिष्टहरुको भीड लाग्ने गरेको छ । आइतबार पनि कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरु रजक निवास पुगेका छन् ।
शुभेच्छुकहरुले रजकको परिवारलाई उचित क्षतिपूर्ति तथा मृतक रजकलाई सहित घोषणा गर्नुपर्ने माग समेत गरिरहेका छन् । उक्त प्रदर्शनमा आगजनीमा परेर मृत्यु भएका रजकको पोस्टमार्टम जलेर मृत्यु भएको पुष्टि भइसकेको छ ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




