प्रधानमन्त्री ओली र भूटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता
- चैत्र २१, २०८१
- 0

थाइल्याण्डमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भूटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच आज बैँककमा भेटवार्ता भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री ओलीसँग भूटानका प्रधानमन्त्री तोब्गेसँग साइडलाइट भेटवार्ता भएको हो ।
उनीहरुबीच गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभाका क्रममा न्युयोर्कमा भएको भेटको स्मरणका साथै सहकार्यका विविध पक्षमा छलफल भएको थियो ।
भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।
0 प्रतिक्रिया
संघ निर्वाचन : सचिवमा त्रिपक्षिय भिडन्त, सापकोटाको स्वतन्त्र उम्मेदवारीले डिम्दोङ र बोगटी दबाबमा

वैदेशिक रोजगार व्यवसायी संघको यही चैत्र ३० गते हुन गैरहेको साधारणसभा र निर्वाचनमा सचिव पदका लागि कुन्छा दोर्जे डिम्दोङ, अनिल […]
संघ निर्वाचन : महासचिवमा अनुभवि कटुवाल र जुझारु बस्नेतबीच प्रतिष्पर्धा

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चैत्र २९ गते हुने ३० औ साधारणसभा तथा निर्वाचनमा आगामी कार्यकालका लागि महासचिव पदका लागि […]
सवारी दुर्घटनामा बाँचेका प्राविधिक ढुंगाना घरमा मृत भेटिए, आत्महत्या गरेको शंका

पाँच दिनको अवलोकन भ्रमण सकेएर घर फर्कदैँ गर्दा बस दुर्घटनामा परेर घाइते भएका भीमफेदी गाउँपालिकाका एक कर्मचारी घरमा मृत भेटिएका […]
निजी क्षेत्र र सरकारबीचको सहकार्यले अर्थतन्त्र अघि बढ्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९ […]
सभापति देउवाले भने : ‘शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर छ’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा पार्टी गम्भीर रहेको बताएका छन् । कांग्रेस शिक्षा विभाग प्रमुख तथा नेपाली […]