नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर
- चैत्र २०, २०८१
- 0
प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्यान्ड भ्रमणमा दुई देशबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार दुई देशबीच पर्यटन सहयोग आदान–प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार–व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको छ ।
यसैगरी दुईदेशका प्रधानमन्त्रीका उपस्थितिमा गैरसरकारी क्षेत्रसँग सम्बन्धित स्वास्थ्य, शिक्षा र व्यापार वाणिज्यसँग सम्बन्धित क्षेत्रमा विभिन्न समझदारीपत्रमा समेत हस्ताक्षर भएको थियो ।
आजै प्रधानमन्त्री ओली र थाइल्यान्डका प्रधानमन्त्री पेतोङत्रान सिनावात्राबीच भेटवार्ता भएको थियो । त्यसपछि दुई देशबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




