प्रधानमन्त्री ओलीलाई थाइल्याण्डमा गार्ड अफ अनर
- चैत्र २०, २०८१
- 0
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंककको सरकारी भवनमा गार्ड अफ अनर दिइएको छ ।
थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई बुधबार बिहान गार्ड अफ अनर प्रदान गरिएको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीलाई थाइल्याण्डकी प्रधानमन्त्री पैटोङटार्न सिनावात्राले स्वागत गरेकी थिइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज थाइल्याण्डकी प्रधानमन्त्री पैटोङटार्न सिनावात्रासँग भेटवार्ता गर्दै छन् ।
दुई पक्षीय भेटवार्तामा संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ । यसैगरी दुई देशबिचका गैरसरकारी र व्यावसायिक
संस्थाबिच विभिन्न छ सहमतिपत्र आदानप्रदान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
यो भ्रमणबाट दुई देशबिचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




