प्रधानमन्त्री ओलीले आज थाइ समकक्षी सिनावातसँग भेट गर्दै
- चैत्र २०, २०८१
- 0

औपचारिक भ्रमणका लागि थाइल्यान्ड पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् सिनावातबीच आज भेटवार्ता हुनेभएको छ ।
भेटवार्ता गर्नुअघि ओली थाइ समकक्षी सिनावातले आयोजना गरेको स्वागत समारोहमा सहभागी भए । थाइल्याण्डका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट यो पहिलोपटक औपचारिक भ्रमण हो ।
भेटवार्तापछि संस्कृति र पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । साथै, दुई देशका गैरसरकारी र व्यावसायिक संस्थाबीच छ वटा सहमतिपत्र आदानप्रदान हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्झौतापछि दुवै प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन हुनेछ । पत्रकार सम्मेलनपछि प्रधानमन्त्री ओली थाइ समकक्षी सिनावातले आयोजना गरेको दिवभोजमा सहभागी हुनेछन । प्रधानमन्त्री ओलीले आजै थाइल्याण्डका राजा महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली मंगलबार थाइल्यान्डको बैंकक पुगेका हुन ।
0 प्रतिक्रिया
आन्दोलनरत शिक्षकहरुलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आन्दोलनर शिक्षक तथा कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् । […]
पूर्खाको मेहनत र परिश्रमको चिनो हो सम्पदा, संरक्षण गरौं : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीनै तहको सरकारले ध्यान […]
शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा

नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ । देशभरका सबै विद्यालय […]
काठमाडौंको वायु प्रदूषण अझै उच्च, स्वास्थ्य सतर्कता अपनाउन आग्रह

काठमाडौँ उपत्यकामा एकसातादेखि वायु प्रदूषणको अवस्था अति अस्वस्थकर रहँदै आएको छ । आइक्यू एअरले आइतबार बिहान गरेको मापनअनुसार काठमाडौं उपत्यका […]
रौतहटका वन जङ्गलमा डढेलोको प्रकोप, मानव बस्ती जोखिममा

गर्मीको सुरुवातसँगै रौतहटका वन जङ्गलमा डढेलोको प्रकोप देखिन थालेको छ । पश्चिमा तातो हावासँगै फैलदो डढेलोले जंगली बोटविरुवा मात्र नभई […]