रिटर्नी फेडेरेसन नेपालमा भट्टराईको अध्यक्षतामा सर्वसम्मत रूपमा नेतृत्व चयन
- चैत्र १७, २०८१
- 0

नेकपा एमालेको भ्रातृ संगठन रिटर्नी फेडेरेसन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।
महाधिवेशनले विनोद भट्टराईको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ । काठमाडौंमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनले भट्टराई नेतृत्वको नयाँ केन्द्रीय समिति सर्वसम्मत निर्वाचित भएको हो ।
कमिटीको उपाध्यक्षमा जितेन्द्र बानियाँ र अर्चना बस्नेत रोका, महासचिवमा खेमबहादुर कार्की, उपमहासचिवमा नवराज, सचिवहरूमा ज्ञानेश्वर घिमिरे, हेम राई, ज्ञानु खवास, सीता बस्याल निर्वाचित भएका छन् ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा भएको महाधिवेशनमा पार्टी स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल लगायतका नेताहरूको सहभागिता रहेको थियो ।
0 प्रतिक्रिया
एनआरएनए डब्लुएको कोषाध्यक्षमा पुष्प तामाङले उम्मेद्धवारी दिने घोषणा

गैरआवासीय नेपाली संघ, वेष्टर्न अष्ट्रेलिया (डब्लुए)को आगामी २०२५–२७ कार्यकालका लागि पुष्प तामाङले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । […]
विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न कांग्रेस प्रयत्नशील छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त सरकारका माध्यमबाट विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न प्रयत्नशील रहेको बताएका छन् । बुधबार […]
राजावादी भेलामा लिङदेन नआएपछि होहल्ला, आन्दोलनका कार्यक्रम घोषणा नगरी भेला स्थगित

आज बसेको राजावादीहरुको संयुक्त जनआन्दोलन समितिको बैठक स्थगित भएको छ । बुधबार दोस्रो चरणको आन्दोलन तयारीबारे छलफल गर्न बैठक बोलाइएको […]
सभामुखले बोलाएको बैठकमा जुटेन सहमति, विपक्षीको अडान कायमै

सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका मुख्य सचेतक र सचेतकसँग गरेको छलफल निष्कर्षविहीन भएको छ । संसद सुरू हुनुअघि संसदको […]
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासंघको सुुझाव प्रस्तुत

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यात वृद्धि गरी राष्ट्रि पुुँजीको निर्माण, रोजगारवृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न […]