रवीन्द्र मिश्र र धवल शमशेरसहित ५ जना पक्राउ, नवराज सुवेदी नजरबन्दमा
- चैत्र १५, २०८१
- 0

प्रहरीले रवीन्द्र मिश्र, धवल शमशेर राणा सहित ५ जना नेताहरूलाई पक्राउ गरेको छ।
काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शन उग्र रूप लिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले जानकारी दिए।
पक्राउ पर्नेमा मिश्र, राणा, स्वागत नेपाल, सन्तोष तामाङ र लिम्बू थर गरेका एक जना रहेको डिआइजी आचार्यले बताए।
प्रहरीले राजावादीको कमान्डर भनिएका दुर्गा प्रसाईंको पनि खोजी गरिरहेको छ। तर उनी सम्पर्कबिहीन छन्। उनको पनि प्रहरीले खोजी गरिरहेको छ।
यसैबीच राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी नजरबन्दमा परेका छन् ।
उनलाई आफ्नै निवासमा नजरबन्द गरिएको हो ।
0 प्रतिक्रिया
प्रधानमन्त्री ओली थाइल्यान्डमा

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौं शिखर […]
लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन जरुरी छ : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन जरुरी रहेको बताएका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेट […]
भारतीय दूताबासले १० वटा स्थानीय तहलाई सहयोग गर्ने, त्रिपक्षीय सम्झौता गरियो

सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारत सरकारको भारतीय दूतावासबीच नेपालका विभिन्न स्थानीय तहलाई सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर […]
तीनकुने घटनामा मृत्यु भएका सविनको पोस्टमार्टम सकियो, आजै अन्त्येष्टि

काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु भएका सविन महर्जनको पोस्टमार्टम सकिएको छ । त्रिवि शिक्षण अस्पतालमा उनको […]
रमादानको अवसरमा यूएईले १६६ नेपाली कैदीलाई दियो माफी

संयुक्त अरब इमिरेट्स ९यूएई०ले १६६ नेपाली कैदीहरूलाई माफी दिएको छ । रमादानको अवसरमा यस्तो माफी दिइएको परराष्ट्र मन्त्रालयले बताएको छ […]