प्रतिनिधिसभाको बैठक स्थगित

news-details

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलहरूसँग सहमति जुट्न नसकेपछि सभामुख देवराज घिमिरेले आइतबार (चैत १७ गते) बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

सभामुखको सचिवालयका अनुसार अब आइतबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

आजै सभामुख घिमिरले संसद् भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । सभामुख घिमिरेले संसद्को अवरोध हटाउनका लागि प्रमुख दलहरूसँग कुराकानी गरेपनि सहमति नजुटेकाले बैठक आइतबारलाई सारेका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *