एसईईका परीक्षार्थीले सवारी नपाए काठमाडौं महानगरले गन्तव्यमा पुर्याइदिने
- चैत्र १५, २०८१
- 0

काठमाडौं महानगरपालिकाले एसईई दिइरहेका विद्यार्थीहरूलाई गन्तव्यमा पुग्न सवारी साधन उपलब्ध नभएमा महानगर प्रहरी बलले सहयोग पु¥याउने भएको छ ।
विद्यार्थीहरूको सहज यात्रा सुनिश्चित गर्नका लागि काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा सवारी साधनको व्यवस्था गरेको छ ।
यसका लागि विद्यार्थीहरूले प्रहरी अधिकृतहरूलाई सम्पर्क गर्न गर्नुपर्नेछ । बानेश्वरका लागि नप्रउ दिनेश कुमार अर्यालको सम्पर्क नम्बर ९८५१०६८०९६, रत्नपार्कका लागि नप्रउ मनोज प्रसाद लामिछानेको नम्बर ९८५१०९३१७६, नयाँ बसपार्कका लागि न प्रनाउ पूर्णचन्द्र भट्टको नम्बर ९८५१२३३६३३ र टेकुका लागि नप्रनि प्रकाश पण्डितको नम्बर ९८५१०५६३४६ उपलब्ध गराइएको छ ।
साथै, विद्यार्थीहरूले सवारी साधनको आपतकालीन आवश्यकता परेमा काठमाडौँ महानगरपालिकाको हटलाइन नम्बर ०१५९०१७६४ र ९८५१३५६५०९ मा पनि सम्पर्क गर्न सक्नेछन् ।
आज समाजवादी मोर्चा र राजावादीहरूले प्रदर्शनको तयारी गरेपछि काठमाडौं उपत्यकामा सवारी साधन न्युन मात्रामा गुडेका छन् । त्यसको प्रत्यक्ष मारमा एसईई परीक्षा दिने विद्यार्थी परेका छन् ।
0 प्रतिक्रिया
संघको निर्वाचनमा अनौठो तालमेल : गेलाल र गुरुङको प्यानल मात्र भिड्ने पक्कापक्की

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि अनौठो तालमेल र गठबन्धनसहित चुनावी मैदानमा उत्रने भएका छन् । संघको आगामी […]
रजकको परिवारलाई ५ लाख र महर्जनको परिवारलाई ३ लाख दिने मीनबहादुरको घोषणा

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत चैत १५ गतेको घटनामा मृत्यु भएका दुई युवाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका […]
नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर

प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्यान्ड भ्रमणमा दुई देशबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार […]
कुलमान र हितेन्द्रदेवको रिट न्यायाधीशद्वय चुडाल र पाण्डेयको इजलासमा

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीशद्व कुमार […]
प्रधानमन्त्री ओलीलाई थाइल्याण्डमा गार्ड अफ अनर

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंककको सरकारी भवनमा गार्ड अफ अनर दिइएको छ । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई बुधबार […]