सरकारको निर्णयविरूद्व कुलमान सर्वोच्चमा, पुरानो मुद्दा टुंग्याइदिन भन्दै हितेन्द्रदेवद्वारा पनि रिट दायर

news-details

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ सरकारको निर्णयलाई चुनौती दिन सर्वोच्च अदालत पुगेका छन् ।

सरकारले पदबाट बर्खास्त गरेपछि उनी आज रिट लिएर सर्वोच्च पुगेका हुन् । उनले गैरकानुनी रुपमा आफूलाई हटाइएको भन्दै पुनर्स्थापनाको माग गरेका छन् ।

यसैबीच नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि सर्वोच्च अदालत पुगेका छन् ।

उनले यसअघि आफूले दायर गरेको रिटको फैसला गरिदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । यसअघि शाक्यलाई प्रचण्ड नेतृत्वको सरकारले बर्खास्त गरेपछि उनी सरकारको निर्णयविरूद्व सर्वोच्च पुगेका थिए ।

तर सर्वोच्चले अहिलेसम्म उक्त रिटको फैसला गरेको छैन ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *