इटहरीको सेन्ट्रल प्लाजामा आगलागी, अहिलेसम्म १६ जनाको उद्धार
- चैत्र १३, २०८१
- 0

सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको छ । उ
इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागीमा उनीहरु फसेका थिए ।
आगो नियन्त्रणका लागि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीय समेत खटिएका छन् ।
उक्त प्लाजामा केही व्यक्ति रहेको आशंकामा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर समेत पठाइएको छ । गृहमन्त्री रमेश लेखकको सचिवालयले हेलिकप्टर पठाइएको बताएको छ । हेलिकप्टरबाट समेत उद्धार सुरु गरिएको छ ।
अझै प्लाजाभित्र ३ जना फसेको देखिएको उद्धारकर्ताहरुको भनाइ छ । उनीहरु उद्धारको पर्खाइमा छन् ।
0 प्रतिक्रिया
घट्यो डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य

डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगम सञ्चालक समितिको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी डिजेल, […]
राष्ट्रपतिद्वारा पाँचवटा विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले ५ वटा विधेयक प्रमाणीकरण गरेका छन्। संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई आएका विधेयकहरू संविधानको धारा […]
रजकको परिवारलाई प्रधानमन्त्रीले भने : ‘दोषीमाथि कारवाही हुन्छ, पत्निलाई रोजगारको व्यवस्था गर्छौ’

प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १५ गतेको तीनकुने–घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई आज भेटेका छन् । प्रधानमन्त्री निवास, […]
यो दुई तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ, यही नै मेरो जित हो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान दुई तिहाईको सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन् । […]
अनुराग साहित्य समाज नेपालको चौथो अधिवेशनले चुन्यो अध्यक्षमा सरस्वती वस्याल

रुपन्देहीको देवदहमा शुक्रबार सम्पन्न कवि नवराज पराजुली कविता कन्सर्ट, स्रष्टा सम्मान तथा अनुराग साहित्य समाज नेपालको चौथो अधिवेशनले नयाँ नेतृत्व […]