प्रतिपक्षको अवरोधपछि संसद बैठक आधा घण्टाका लागि स्थगित, प्रधानमन्त्रीसँग जबाफ माग
- चैत्र १३, २०८१
- 0

विपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट हटाइएको भन्दै विरोध गरेका छन् ।
बुधबार बसेको बैठकमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीले जबाफ नदिएसम्म संसद् चल्न नदिने बताए ।
उनले सरकारले कुलमान घिसिङलाई हटाएको विषयमा आपत्ति जनाउँदै सरकारको जवाफ मागे । कुलमानलाई हटाईएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ नदिएसम्म सदन चल्न नदिने घोषणा गर्दै बस्नेतले आफ्नो अभिव्यक्ति टुँग्याएका थिए ।
त्यसपछि विपक्षी दलका सांसदहरूले आसनबाट उठेर विरोध जनाउन थालेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन ।
0 प्रतिक्रिया
घट्यो डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य

डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगम सञ्चालक समितिको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी डिजेल, […]
राष्ट्रपतिद्वारा पाँचवटा विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले ५ वटा विधेयक प्रमाणीकरण गरेका छन्। संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई आएका विधेयकहरू संविधानको धारा […]
रजकको परिवारलाई प्रधानमन्त्रीले भने : ‘दोषीमाथि कारवाही हुन्छ, पत्निलाई रोजगारको व्यवस्था गर्छौ’

प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १५ गतेको तीनकुने–घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई आज भेटेका छन् । प्रधानमन्त्री निवास, […]
यो दुई तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ, यही नै मेरो जित हो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान दुई तिहाईको सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन् । […]
अनुराग साहित्य समाज नेपालको चौथो अधिवेशनले चुन्यो अध्यक्षमा सरस्वती वस्याल

रुपन्देहीको देवदहमा शुक्रबार सम्पन्न कवि नवराज पराजुली कविता कन्सर्ट, स्रष्टा सम्मान तथा अनुराग साहित्य समाज नेपालको चौथो अधिवेशनले नयाँ नेतृत्व […]