विचाराधीन विधेयकलाई यथाशीघ्र टुङ्गोमा पुर्याउने विषयमा सत्तापक्षीय दलबीच छलफल
- चैत्र १२, २०८१
- 0

सत्तापक्षीय दलका शीर्ष नेताको आजको बैठकमा सङ्घीय संसद्मा विचारधीन विधेयकहरुलाई संसदीय प्रक्रियाबाट यथाशीघ्र टुङ्गोमा पु¥याउन पहल गर्ने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटरमा भएको बैठकमा विचारधीन विधेयकलाई चाँडै अघि बढाउने विषयमा छलफल भएको हो । बैठकमा भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउनेलगायत समसामायिक विषयमा छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी थिए ।
0 प्रतिक्रिया
‘एनआरएनलाई थप लगानी भित्र्याउन मन्त्री भण्डारीको आग्रह’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपाली संघको विषयमा सरकारमा कुनै दुविधा नरहेको स्पष्ट पारेका छन्। माल्टामा आयोजित […]
गृहमन्त्री लेखकले गरे तीनकुने क्षेत्रको अवलोकन

गृहमन्त्री रमेश लेखक राजावादीले क्षति पुर्याएको तीनकुने(कोटेश्वर क्षेत्रको अवलोकन गरेका छन्। केहीबेरअघि उनी तीनकुने पुगेका हुन्। शुक्रबार राजवादीले गरेको आन्दोलनका […]
पत्रकार हत्या तथा सञ्चारगृहमा गरिएको आगजनी विरुद्ध विरोध सभा

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार हत्या तथा सञ्चारगृहमा गरिएको आगजनी विरुद्ध विरोध सभा गरेको छ । शुक्रबार राजावादी समुहले […]
समाजवादी मोर्चाको बैठक बस्दै

शनिबार समाजवादी मोर्चा, नेपालको बैठक बस्दैछ । बैठक केहीबेरमा सुरु हुनेछ । नेकपा एकीकृत समाजवादीको कार्यालयमा बस्न लागेको हो । […]
चिया बेच्दै पढाईलाई अघि बढाइरहेका श्रीराम खड्का भन्छन ‘यहाँ गर्यो भने जताततै काम नै काम छ’

नेपालमा के छैन ? सबैथोक छ । अग्लो, होचो र डाँडाकाँडा भएको पहाडदेखि नदीनाला साथै हिमाल र अपार वनजङ्गल छ […]