संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दै
- चैत्र १२, २०८१
- 0

आज प्रतिनिधि सभा अन्तरगतका तीन समितिको बैठक बस्ने भएको छ ।
मंगलबार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति गरेर तीन समितिको बैठक बस्न लागिएको हो ।
आज अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौँदा प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ भने सार्वजनिक लेखा समितिको बैठकमा हुलाकी, वि.पी र अरनिको राजमार्ग लगायतका राष्ट्रिय राजमार्गहरुको वर्तमान अवस्थाबारे छलफल गर्ने कार्यसूची रहेको छ ।
0 प्रतिक्रिया
तीनकुनेमा भएको घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने राप्रपाको निष्कर्ष

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार तीनकुनेमा भएको घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएको छ । शनिबार बसेको पार्टीको […]
काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार जरिवानाको पत्र पठायोे

काठमाडौं महानगरपालिकाले चैत्र १५ गते पूर्वराजाका समर्थकहरुले गरेको प्रदर्शनका क्रममा नोक्सानीको विवरणसहितको पत्र पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पठाएको छ । […]
‘समाजवादी मोर्चाले आमसभा नगरेको भए तीनकुनेमा झनै ठूलो दुर्घटना हुन्थ्यो’ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाले शुक्रबार पचासौं हजार जनता सडकमा उतारेर ठूलो खतरा टारेको दाबी […]
तीनकुने घटनामा न्यायिक छानबिन आयोग गठन गर्न रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा भएको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग […]
अपराधिक गतिविधिहरुको अनुसन्धान हुन्छ, संलग्नहरु कारवाहीमा आउँछन् : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले शुक्रबारको अपराधिक चरित्रका गतिविधिहरुको अनुसन्धान गरेर कानुनी कारबाहीको दायरामा ल्याउने बताएका छन् । शनिबार आलोकनगरस्थित नेकपा एकीकृत […]