प्रमुख तीन दलका शीर्ष नेताबीच आज छलफल हुँदै
- चैत्र ११, २०८१
- 0

प्रमुख तीन दलका शीर्ष नेताबीच आज छलफल हुँदैछ । सोमबार प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच छलफल हुने भएको हो ।
बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउने विषयमा छलफल हुने बुझिएको छ ।
शीर्ष नेताहरुको आजको बैठकमा संक्रमणकालीन दुई वटा आयोगमा पदाधिकारी नियुक्तिबारे पनि छलफल हुनेछ ।
यसै गरी पछिल्लो राजनीतिक घटनाक्रम, राजावादीहरुको आन्दोलन लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
0 प्रतिक्रिया
प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध, बैठक भोलिसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बुधबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण चल्न नसके पछि स्थगित […]
भूमि अध्यादेश फिर्ता लिएर नियमित विधेयकको रूपमा अघि बढाउने सत्ता गठबन्धनको निर्णय

सत्तारुढ दलको बैठकले भूमि अध्यादेशलाई नियमित विधेयकको रूपमा अगाडि बढाउने निर्णय गरेको छ। बालुवाटारमा बसेको गठबन्धनको बैठकले अध्यादेश अगाडि बढाउन […]
गंगालाल अस्पतालमा विपन्न बालबालिकाको निःशुल्क मुटु उपचार गर्ने मन्त्री पौडेलको निर्णय

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क […]
इटहरीको सेन्ट्रल प्लाजामा आगलागी, अहिलेसम्म १६ जनाको उद्धार

सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको छ । उ इटहरी उपमहानगरपालिका–६ स्थित […]
प्रतिपक्षको अवरोधपछि संसद बैठक आधा घण्टाका लागि स्थगित, प्रधानमन्त्रीसँग जबाफ माग

विपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट हटाइएको भन्दै विरोध गरेका छन् । बुधबार बसेको […]