आज विश्व क्षयरोग दिवस मनाइँदै
- चैत्र ११, २०८१
- 0

आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइँदैछ । क्षयरोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ ।
दिवसको यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं। लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ ।
यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने अवसर समेत प्रदान गरेको छ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । उक्त रोगका कारण नेपालमा हजारौँ मानिस प्रभावित भइरहेका छन् । विश्वव्यापी रुपमा क्षयरोग अन्त्यका लागि गरिएका हाम्रो साझा तथा सामूहिक संकल्पमा केन्द्र कटिबद्ध रहेको जनाएको छ ।
0 प्रतिक्रिया
राजावादी प्रदर्शनमा भएका हिंसात्मक घटना छानबिन गरेर कारबाही गरिने, घाइतेहरुको निःशुल्क उपचार

सरकारले आज राजावादीको समर्थकहरुले गरेको प्रदर्शनबाट भएको घटनाहरुको सत्यतथ्य छानबिन गरेर कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ । शुक्रबारको हिंसात्मक […]
रवीन्द्र मिश्र र धवल शमशेरसहित ५ जना पक्राउ, नवराज सुवेदी नजरबन्दमा

प्रहरीले रवीन्द्र मिश्र, धवल शमशेर राणा सहित ५ जना नेताहरूलाई पक्राउ गरेको छ। काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शन उग्र रूप […]
राजावादीले आगो लगाएको तीनकुनेको घरभित्र जलेर एकजना पत्रकारको मृत्यु

आज काठमाडौंको तीनकुनेमा प्रहरीसँगको झडपका क्रममा राजावादीले घरमा आगो लगाउँदा जलेर एकजना पत्रकारको पनि मृत्यु भएको छ । राजावादीले आगो […]
दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइन्छ : गृह मन्त्रालय

गृहमन्त्रालयले राजसंस्था पुनस्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइने बताएको छ । गृहमन्त्रालयमा पत्रकार सम्मेलन […]
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्री केपी ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । राजावादीको बिहीबारको प्रदर्शन हिंसात्मक बन्दै गएका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका […]