बसको ठक्करबाट साइकल यात्रुको मृत्यु
- चैत्र १०, २०८१
- 0

जनकपुरमा साईकल यात्रीलाई यात्रुवाहक बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।
जनकपुरबाट लक्ष्मीनियाँ जाने ६ लेनको सडकखण्ड अन्तर्गत शनिबार साँझ जनकपुरबाट काठमाडौं जाँदै गरेको बागमति प्रदेश ०३–००१ ख ३४४१ नम्बरको बसले बाटो काटदै गरेको साईकल यात्रीलाई ठक्कर दिएको थियो ।
बसको ठक्करले लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर १ सिनुरजोडा बस्ने स्थानीय रबिन्द्र मण्डलको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुण बहादुर सिँहले जानकारी दिए ।
बस चालक र बस प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।
0 प्रतिक्रिया
राजावादीले आगो लगाएको तीनकुनेको घरभित्र जलेर एकजना पत्रकारको मृत्यु

आज काठमाडौंको तीनकुनेमा प्रहरीसँगको झडपका क्रममा राजावादीले घरमा आगो लगाउँदा जलेर एकजना पत्रकारको पनि मृत्यु भएको छ । राजावादीले आगो […]
दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइन्छ : गृह मन्त्रालय

गृहमन्त्रालयले राजसंस्था पुनस्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइने बताएको छ । गृहमन्त्रालयमा पत्रकार सम्मेलन […]
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्री केपी ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । राजावादीको बिहीबारको प्रदर्शन हिंसात्मक बन्दै गएका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका […]
काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी

राजावादीहरुको आन्दोलन अनियन्त्रित र अराजक बनेपछि काठमाडौंका विभिन्न क्षेत्रमा कफ्र्यू आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारीबाट जारी भएको […]
‘तीनकुनेमा अराजकता देखाएर राजावादीहरुले आफ्नो चरित्र देखाए’ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनकुनेमा अराजकता देखाएर राजावादीहरुको आफ्नो चरित्र देखाएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित […]