नारायणहिटी अगाडि राजावादीहरुको प्रदर्शन, राजतन्त्रका पक्षमा नाराबाजी
- चैत्र ९, २०८१
- 0

शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा घोषणा गर्न जनदबाब स्वरुप ¥याली निकालेका छन् ।
शनिबार काठमाडौंको सामाखुसीबाट नारायणहिटीसम्म ‘ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गर्न’ भन्दै जनदबाब स्वरुप ¥याली निकालिएको हो ।
र्यालीका क्रममा राजाबादीहरुले ‘नारायणहिही खाली गर’,‘हाम्रो राजा हाम्रो शान’, ‘राजसंस्था जिन्दावाद’, ‘राजा आउ देश बचाउ’ जस्ता नाराहरु पनि लगाएका थिए ।
र्याली अघि बढ्ने क्रममा प्रहरी पटक पटक अवरोध गरेको थियो । यसअघि फागुन २५ गते पोखराबाट पूर्वराजा शाह फर्किँदा काठमाडौंमा भव्य स्वागत गरिएको थियो ।
सोही दिनबाट हौसिएका राजवादीहरुले राजतन्त्र फर्काउने आन्दोलन गर्दै आइरहेका छन् । तर शनिबार काठमाडौंमा प्रदर्शन भइरहँदा शाह भने गोरखा जिल्लाको गोरखनाथ मन्दिरको दर्शन गर्न पुगेका छन् ।
0 प्रतिक्रिया
१० वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित संचालनमा आयो ‘काठमाडौँ टेक्निकल स्कुल’

१० वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्यलाई पुरा गर्ने उद्देश्यसहित खुलेको ‘काठमाडौँ टेक्निकल स्कुल’को एक समारोहकाबीच शुभारम्भ […]
स्वास्थ्य बीमा बोर्डका अध्यक्ष थापाले लिए शपथ

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्युठाननिवासी चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले मंगलबार मन्त्रालयमा अध्यक्ष नियुक्त […]
कुलमानको बर्खास्तीविरुद्ध प्रदर्शन (तस्वीरहरू)

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णयप्रति उनका समर्थकहरुले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । सोमबार […]
विद्यालय तहमा स्वास्थ्य विषय अनिवार्य गर्न मन्त्री पौडेलको प्रस्ताव

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब विद्यालय तहमा अनिवार्य रुपमा स्वास्थ्य विषय पढाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौं […]
सरकारलाई बद्नाम गर्ने र झुटलाई फैलाउनेहरु सक्रिय भएका छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पमा अवरोध पु¥याउने कामहरु भइरहेको बताएका छन् । मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएशनको […]