मुख्यमन्त्री सिंह र योगी आदित्यनाथबीच भेट
- चैत्र ८, २०८१
- 0

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेट भएको छ ।
बिहीबार कपिलवस्तुको बलरामपुरस्थित भगवती मठेश्वर मन्दिरको दर्शनका लागि पुगेका मुख्मन्त्री सिंह सोही मन्दिर दर्शन गर्न आएका मुख्यमन्त्री योगीसँग भेट हुन पुगेको हो ।
भेट अनौपचारिक भएता पनि मुख्यमन्त्री सिंहले जनकपुरधामसँगै मधेश प्रदेशको धार्मिक, साँस्कृतिक र पर्यटकीय विकासको बृहत्त सम्भावनाका विषयमा कुराकानी भएको जनाइएको छ ।
त्यस्तै, रामायण सर्किट र सीता सर्किट विकास, अयोध्यामा रामलला दर्शन गर्न पुग्ने असँख्य पर्यटकका लागि जनकपुरधाम अनिवार्य गन्तव्य बन्नुपर्ने र मधेश प्रदेशको धार्मिक पर्यटन प्रवद्र्धनका लागि उत्तर प्रदेश सरकारको सहयोग आदि विषयमा छलफल भएको मुख्यन्त्री सिंहले जानकारी दिएका छन् ।
0 प्रतिक्रिया
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी […]
‘इद उल फित्र’ पर्वको रौनक (तस्बिरहरू)

मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र (ईद)पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । […]
त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन जारी

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ । क्याम्पसमा स्ववियु निर्वाचन बिहान […]
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा […]
मौसम पूर्वानुमान : केही भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशााले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार […]