माओवादीको रोकिएको तराई-मधेश जागरण अभियान आजदेखि
- चैत्र ७, २०८१
- 0

नेकपा (माओवादी केन्द्र)ले पुनः तराई-मधेश जागरण अभियानको थालनी गरेको छ। बिहीबार र शुक्रबार पर्सामा जागरण अभियानका विभिन्न कार्यक्रम तय भएको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
बिहीबारनागरिक समाज र सञ्चारकर्मीसँग अन्तरक्रिया गर्नुका साथै पार्टी नेता कार्यकर्तासँग भेटघाटको कार्यक्रम तय गरिएको उनले जानकारी दिए। पर्साको कार्यक्रम सकिएपछि माओवादी नेताहरुको टोली शनिबार गते चितवन पुग्ने तालिका छ।
माओवादीले झापाको कचनकवलबाट फागुन १२ गते अभियान थालेको थियो। यद्यपि राजावादी सक्रिय हुन थालेको भन्दै फागुन २४ गते अभियान स्थगित गर्दै माओवादी नेताहरू काठमाडौं फर्किएका थिए। यसअघि माओवादीले अभियानका लागि तयार पारेको तालिका अनुसारको कार्यक्रम भने प्रभावित भएको छ।
माओवादी केन्द्रले नयाँ तालिका सार्वजनिक गरेको छैन।
0 प्रतिक्रिया
सिंगापुरमाथि नेपालको ऐतिहासिक जित

नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरविरूद्ध ऐतिहासिक जित निकालेको छ। सिंगापुरको राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई १-० […]
रिजन चेयर पर्सन शशीभुमी श्रेष्ठको रिजन कन्फ्रेन्स, ३ जना स्रष्टा सम्मानित (फोटोफिचर)

लायन्स इन्टरनेशनल ३२५ आई नेपाल अन्तर्गत रिजन १४ का रिजन चेयर पर्सन लायन शशीभूमी श्रेष्ठले आफ्नो रिजन कन्फ्रेन्स सम्पन्न गरेकी […]
रिटर्नी फेडेरेसको राष्ट्रिय महाधिवेशन चैत्र १५ र १६ मा हुने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जनसंगठनको रुपमा क्रियाशील रिटर्नी फेडेरेसन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन यही चैत्र १५ र १६ गते […]
भारत भ्रमण उपलब्धिमूलक रहयो, विद्युतका विषयमा पनि कुरा भयो : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री आरजु राणा देउवा ११ दिने औपचारिक भारत भ्रमण सकेर स्वदेश फिर्ता भएकी छिन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार […]
लुम्बिनी मेडिकल कलेजमा ग्लोबल आइएमई बैंकका ग्राहकलाई २५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा […]