माओवादीको रोकिएको तराई-मधेश जागरण अभियान आजदेखि
- चैत्र ७, २०८१
- 0
नेकपा (माओवादी केन्द्र)ले पुनः तराई-मधेश जागरण अभियानको थालनी गरेको छ। बिहीबार र शुक्रबार पर्सामा जागरण अभियानका विभिन्न कार्यक्रम तय भएको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
बिहीबारनागरिक समाज र सञ्चारकर्मीसँग अन्तरक्रिया गर्नुका साथै पार्टी नेता कार्यकर्तासँग भेटघाटको कार्यक्रम तय गरिएको उनले जानकारी दिए। पर्साको कार्यक्रम सकिएपछि माओवादी नेताहरुको टोली शनिबार गते चितवन पुग्ने तालिका छ।
माओवादीले झापाको कचनकवलबाट फागुन १२ गते अभियान थालेको थियो। यद्यपि राजावादी सक्रिय हुन थालेको भन्दै फागुन २४ गते अभियान स्थगित गर्दै माओवादी नेताहरू काठमाडौं फर्किएका थिए। यसअघि माओवादीले अभियानका लागि तयार पारेको तालिका अनुसारको कार्यक्रम भने प्रभावित भएको छ।
माओवादी केन्द्रले नयाँ तालिका सार्वजनिक गरेको छैन।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




