नेपाल–कम्बोडिया सिधा उडानका लागि पर्यटन मन्त्री पाण्डेको प्रस्ताव

news-details

नेपाल कम्बोडिया सिधा उडान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले कम्बोडिया सरकारसँग प्रस्ताव गरेका छन् ।

१० औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनका लागि कम्बोडिया भ्रमणमा पुगेका  मन्त्री पाण्डेले कम्बोडियाका पर्यटनमन्त्री हुवट हकसँग भेट गर्दै नेपाल र कम्बोडियाबीच सिधा उडान गर्न प्रस्ताव राखेका हुन् । भेटमा मन्त्री पाण्डेले दुइ देशबीच सिधा उडान भए दुबै देशको पर्यटन क्षेत्रमा सहयोग पुग्ने बताए ।

मन्त्री पाण्डेले हकसँग नेपालको लुम्बिनी विमानस्थलबाट सिधा उडान गर्न सकिने बताएका छन । दुई देशबीच धार्मिक पर्यटनलाई जोड दिनु पर्ने धारणा उनले राखेका थिए ।

जवाफमा मन्त्री हकले नेपाल सिधा उडान गर्न कम्बोडिया इच्छुक रहेको र त्यस विषयमा छिट्टै हुने विमस्टेक बैठकमा छलफल गर्न सकिने बताए । साथै मन्त्री पाण्डेले कम्बोडिया संस्कृति तथा धार्मिक मामिला मन्त्री चाइ बोरिनसँग पनि भेट गरेका छन् ।

दुबै मन्त्रीसँगको भेटमा मन्त्री पाण्डेले दुई मुलुकबीच बहत्तर बुद्ध सर्किट निर्माणमा साझेदारी सम्भावनाबारे छलफल गरेका छन्।

कम्बोडियाका पर्यटन र संस्कृति तथा धार्मिक मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र कम्बोडियाबीच संस्कृति र पर्यटनका क्षेत्रमा समन्वय र सहयोगको सम्भावनाबारे छलफल भएको थियो।

भेटमा मन्त्री पाण्डेले नेपाल र कम्बोडियाको ऐतिहासिक सन्दर्भ र द्विपक्षीय पर्यटन सहयोगको महत्वलाई उल्लेख गर्दै भने, ‘कम्बोडिया र नेपालका इतिहास र धर्म एकअर्कासँग गहिरो सम्बन्ध राख्दछन्, हाम्रा मुलुक दशकौंसम्म युद्ध र संघर्षको अवस्थाबाट गुज्रिएका छन् र अहिले हामी शान्ति, स्थायित्व र समृद्धिको बाटोमा अघि बढिरहेका छौं।’

कम्बोडियामा नयाँ पुस्ताले देश हाँक्न थालेकाले विकासको गती तीब्ररुपमा भइरहेको छ ।

मन्त्रीस्तरीय भेटवार्तामा अष्ट्रेलिया सिड्नीका नेपाली बाणिज्यदूत सञ्जिव शर्मा, पर्यटन मन्त्रालयका हिमाल गौतम,एनआरएनए कम्बोडियाका सल्लाहाकार रामप्रसाद पाध्यलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *