प्रधानमन्त्रीलाई गैसस महासंघको घोषणापत्र हस्तान्तरण
- चैत्र ३, २०८१
- 0

प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैह्रसरकारी संस्था महासङ्घ नेपालको नवनिर्वाचित नेतृत्वले ११ औँ महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनबाट पारित २१ बुँदे घोषणापत्र हस्तान्तरण गरेको छ ।
सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा महासङ्घका अध्यक्ष अर्जुुनकुमार भट्टराईसहितको टोलीले सामाजिक संस्थामैत्री नीति र कानुनको बन्नुुपर्ने, नेपाल विकास सम्मेलनको आयोजना गरिनुपर्ने लगायत विषय समेटिएको घोषणापत्र बुुझाएको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नयाँ नेतृत्वलाई बधाई दिँदै सामाजिक रुपान्तरण र विकासका काममा सफलता हासिल गर्न शुुभकामना समेत दिए ।
महासङ्घको गत फागुन २५ गतेदेखि २७ गतेसम्म काठमाडौँमा भएको महाधिवेशनबाट अर्जुुनकुमार भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचिन भएको थियो ।
0 प्रतिक्रिया
प्रहरीको ३१औं महानिरीक्षकमा दीपक थापा नियुक्त

नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आइजिपी) मा दीपक थापा नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई […]
राजावादी विरुद्ध चैत १५ गते एक लाख जनता काठमाडौंमा उतार्ने एकीकृत समाजवादीको दावी

नेकपा एकीकृत समाजवादीले राजावादीहरु विरुद्धमा चैत १५ गते आयोजना गर्ने जनविरोधमा एक लाख भन्दा माथिको सङख्यामा जनताको सहभागिता रहने जनाएको […]
माओवादी केन्द्र सरकारमा जाँदैन्, गलत प्रचार गरियो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भन्ने प्रचार गलत भएको बताएका छन् […]
पिएनओको मुद्दालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले पिपुल्स अफ नेपाली ओरिजिन (पिएनओ)को मुद्दालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन । गैरआवासीय नेपाली […]
प्रभु बैंकद्वारा बुर्तिबाङमा ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा र्याली आयोजना

प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले बागलुङ्ग जिल्लाको पश्चिम भेग बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ को अवसर पारेर आज एक बित्तिय […]