स्ववियु निर्वाचन : आज मध्यरातदेखि मौन अवधि
- चैत्र १, २०८१
- 0

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि शनिबार राति १२ बजमौन अवधि शुरु हुँदैछ। मौन अवधिमा कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न नपाइने हुँदा आज अन्तिम दिन विद्यार्थी संगठन प्रचारप्रसारमा व्यस्त बनेका छन्।
८२ क्याम्पसमा निर्विरोध नेतृत्व निर्वाचित भइसकेका छन् । जसमा नेकपा एमाले निकट अनेरास्ववियु पहिलो बनेको छ भने कांग्रेस निकट नेविसंघ दोस्रो भएका छन् । यता १८ आङ्गिक क्याम्पसमा भने निर्वाचनको प्रक्रिया अगाडि बढ्न सकेको छैन। विद्यार्थी संगठनबीच विवाद हुँदा १८ वटा आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया नै अघि बढ्न नसकेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए।
निर्देशक अधिकारीका अनुसार देशभरि रहेका ६२ वटा आङ्गिक क्याम्पसमध्ये उपत्यकामा छ र उपत्यका बाहिर पाँच वटा आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि नबढेको हो। त्रिविअन्तर्गतका क्याम्पसमा एकैदिन चैत ५ गते निर्वाचन हुँदैछ ।
0 प्रतिक्रिया
प्रभु बैंकद्धारा मुक्तिनाथ मन्दिरमा ‘भीम युपिआई’ सेवा शुभारम्भ

प्रभु बैंक लिमिटेडले मुस्ताङ्ग जिल्लाको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरमा भीम युपिआई सेवा शुभारम्भ गरेको छ । नेपाल राष्ट्र […]
प्रचण्डको फोटो जलाउने राप्रपाका युवा नेता पक्राउ

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो जलाउने राप्रपानिकट युवा संगठनका नेता निराजन बम पलाँतालाई प्रहरीले […]
स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदनसहित)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री प्रदीप […]
ज्ञानेन्द्र शाही र रघुजी पन्तबीच संसदमा भनाभन, इतिहास पढेर आउन सुझाव

नेकपा (एमाले) सांसद रघुजी पन्तले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई आफूसँग बहस गर्ने हो भने इतिहास पढेर आउन भनेका छन् । […]
महिला र पुरुषको समान सहभागिताले मात्र समृद्धि संभव : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान सहभागिताबाट मुलुकको सबै क्षेत्रमा समारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन् । […]