जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० जना बढी घाइते
- फाल्गुन ३०, २०८१
- 0

जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ ।
शुक्रबार (आज) परिक्रमा यात्री लिएर लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक दुर्घटना हुँदा २० जना बढी यात्रु घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार ६ वटा एम्बुलेन्समा घाइतेलाई उपचारको लागि अस्पतालहरुमा लगिएको छ । यधपी घाइतेको एकिन संख्या केहीबेरपछि मात्र भन्न सकिने उनले बताए ।
१५ दिने मिथिला मध्यमा परिक्रमा समापन गरेर परिक्रमा यात्रु बस चढेर फर्किरहेका थिए । अधिकांश यात्रु सिरहाका रहेको प्रहरी निरिक्षक यादवले बताए ।
0 प्रतिक्रिया
पूर्वराजामाथि आक्रोश पोख्दै प्रचण्डले भने- ‘आफ्नै वंश मास्नेले फेरि धाक लगाउन मिल्छ ?’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै वंश मास्नेले अहिले धाक लगाउन नमिल्ने बताएका छन् । आज […]
सगरमाथा संवाद कार्यक्रमको तयारीमा सरकार, प्रधानमन्त्रीले दिए निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमलाई चुस्त र दुरुस्त बनाउन निर्देशन […]
मौसम खुलेपछिको काठमाडौं (तस्वीरहरू)

विगतका केही दिनदेखि राजधानीमा वर्षा र बादलको प्रभाव देखिएको थियो, तर आज मौसम खुलेसँगै काठमाडौंले नयाँ रूप देखाउन थालेको छ। […]
एमालेले बोलायो सचिवालय बैठक

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले यही चैत […]
एकीकृत समाजवादीले गर्यो सरकारविरुद्ध आन्दोलनको घोषणा

नेकपा एकीकृत समाजवादीले रोजगारी तथा सुशासनको लागि सरकारविरुद्धको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टीका […]