काठमाडौंमा नियमविपरीत चलाइएका सवारीसाधनहरु दिनभरि ‘होल्ड’मा

news-details

काठमाडौंमा नियमविपरीत चलाइएका एक सय ५० बढी सवारीसाधनलाई ‘होल्ड’ मा राखिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार दिउँसोसम्म ट्राफिक नियम उल्लंघन गर्ने ५ सय ६२ सवारी साधनमध्ये १ सय ५० लाई होल्डमा राखिएको जनाएको छ ।

नियमविपरीत सवारीसाधन चलाउनेलाई ट्राफिक नियम उल्लंघनको प्रकृति हेरेर छाड्ने वा होल्डमा राख्ने गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए।

होल्ड गरिएका सवारीसाधनमा १२९ वटा मोटरसाइकल र स्कुटर तथा २१ वटा अन्य सवारीसाधन छन् ।

कागजात नभएका, मापसे गरेका, ओभरलोड गरी सवारी चलाउनेहरूलाई कारवाही गरिएको कार्यालयले जनाएको छ ।

यस्तै ‘होल्ड’ मा परेकाहरुलाई होली मनाउन नपाउने गरी दिनभर सडकमा रोकिने पनि जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *