काठमाडौंमा नियमविपरीत चलाइएका सवारीसाधनहरु दिनभरि ‘होल्ड’मा
- फाल्गुन २९, २०८१
- 0
काठमाडौंमा नियमविपरीत चलाइएका एक सय ५० बढी सवारीसाधनलाई ‘होल्ड’ मा राखिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार दिउँसोसम्म ट्राफिक नियम उल्लंघन गर्ने ५ सय ६२ सवारी साधनमध्ये १ सय ५० लाई होल्डमा राखिएको जनाएको छ ।
नियमविपरीत सवारीसाधन चलाउनेलाई ट्राफिक नियम उल्लंघनको प्रकृति हेरेर छाड्ने वा होल्डमा राख्ने गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए।
होल्ड गरिएका सवारीसाधनमा १२९ वटा मोटरसाइकल र स्कुटर तथा २१ वटा अन्य सवारीसाधन छन् ।
कागजात नभएका, मापसे गरेका, ओभरलोड गरी सवारी चलाउनेहरूलाई कारवाही गरिएको कार्यालयले जनाएको छ ।
यस्तै ‘होल्ड’ मा परेकाहरुलाई होली मनाउन नपाउने गरी दिनभर सडकमा रोकिने पनि जनाइएको छ ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




