मञ्चको यस वर्षको होली पवित्र सेवा समाजमा, ७१ हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण (फोटोफिचर)

news-details

प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल (पिफान) ले यस वर्षको होली पवित्र सेवा समाज नेपाललाई सहयोग गरि मनाएको छ ।

हरेक वर्ष होलीको अवसरमा विभिन्न सामाजिक संस्थाहरुमा सहयोग गर्दै आईरहेको मञ्चले यस वर्ष टोखास्थित पवित्र सेवा समाजलाई सहयोग गरि मनाएको हो ।

मञ्चका अध्यक्ष जनक रावलसहित सम्पुर्ण पदाधिकारीहरुको टिमले उक्त आश्रममा गई आश्रित सम्पुर्णलाई एक छाक मिठो खानाका साथै ७१ हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

अध्यक्ष रावलले होलीको शुभकामना दिदै आश्रममा रहेका सम्पुर्ण बालबालिका, आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरु सँग होली मनाउँदै दुःख पिडा भुलेर एकआपसमा खुशी साट्नका लागि मञ्चको तर्फबाट सानो राहतस्वरुप सहयोग गरेको बताए ।

संस्थाकी अध्यक्ष दिक्षा चाँपागाईले अनाथ, दुःखी पिडितको अभिभावक बनेर गरेको कार्यको प्रशंसा गर्दै उनले थोरै भएपनि इट्टा थप्नका लागि मञ्चले सहयोग गरेको जानकारी दिए । साथै आगामी दिनहरुमा पनि आफ्नो व्यक्तिगत तर्फबाट र मञ्चको तर्फबाट निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

त्यस्तै संस्थाकी अध्यक्ष दिक्षा चाँपागाईले प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले आश्रममा रहेका अनाथहरुलाई सहयोग गरि होली मनाउँदै खुशी साट्न पाउँदा एकदमै धेरै खुशी मिलेको बताइन् । विगत २३ वर्षदेखि निरन्तर रुपमा संस्था संचालन गर्दै अनाथ, अपांग, गरिब दुःखीहरुलाई निरन्तर सेवा गर्न पाउँदा एकदमै गौरावन्वित महसुश भएको बताइन् । साथै आगामी दिनहरुमा पनि निरन्तर साथ र सहयोग पाउने अपेक्षा रहेको जनाइन् ।

मञ्चका कोषाध्यक्ष शिवहरि मैनाली (शितल) ले सामाजिक उत्तरदायित्व अन्तर्गत मञ्चले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको र प्रत्येक वर्ष होलीको अवसरमा सहयोग गर्ने गरेको र यस वर्षको होली पवित्र सेवा समाजलाई सहयोग गरि मनाएको जानकारी दिए ।

गीत, संगीतमा झुम्दै होलीको टिसर्ट लगाएर होली मनाउन पाउँदा आश्रित सम्पुर्ण बालबालिका तथा आमाबुवा, दाजुभाईहरु खुशी देखिएका थिए ।

प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले व्यवसायीका हकहितका लागि मात्र नभई सामाजिक कार्यलाई पनि सँगसँगै लिएर अगाडि बढिरहेको छ ।

अघिल्लो वर्षको होलीमा अपांग पुर्नस्थापना केन्द्रलाई सहयोग गरेको मञ्चले यस वर्षको होलीमा पवित्र सेवा समाजलाई सहयोग गरि मनाएको छ साथै आगामी दिनहरुमा पनि यस्ता सामाजिक संस्थाहरुलाई सहयोग गर्ने मञ्चले प्रतिवद्धता जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *