माओवादी अध्यक्ष प्रचण्ड आज दिनभर रुपन्देहीमा

news-details

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिनभर रुपन्देहीका विभिन्न कार्यक्रममा रहने भएका छन् ।

प्रचण्डले ऐतिहासिक तथा धार्मिक स्थलको शिलान्यासदेखि खेलकुद प्रतियोगिता समापनसम्मका कार्यक्रमहरूमा भाग हुनेछन् भने दिउसो मगर मुक्ति मोर्चाको सभामा सम्बोधन गर्नेछन् ।

अध्यक्ष प्रचण्डको कार्यतालिका अनुसार फागुन २८ गते बिहान ११ बजे रुपन्देही जिल्लाको ओमसतिया–६ मा अवस्थित रामजानकी जमुहानी पोखरा ताल पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि बुटवल उपमहानगरपालिकाको समन्वयमा ज्योतिनगर पहिरो क्षेत्रको निरीक्षण गर्नेछन्। पछिल्लो समय बुटवलका पहिरोग्रस्त स्थानमा ज्योतिनगर पहिरोका कारण स्थानीयवासी समस्यामा परेका छन् ।

दिउँसो बुटवल ट्राफिकचोकमा आयोजना हुने मगर मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नेछन्। मगर समुदायको हक, अधिकार र पहिचानबारे माओवादी आन्दोलनको महत्त्वपूर्ण भूमिका रहेको भन्दै अध्यक्ष प्रचण्डले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

रुपन्देहीका कार्यक्रमको अन्तिम कार्यक्रमअन्तर्गत अध्यक्ष प्रचण्डले सैनामैनामा चलिरहेको सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित रहनेछन्। माओवादी केन्द्रका रुपन्देही जिल्ला संयोजक निर्मल जीसीका अनुसार अध्यक्ष प्रचण्डको २८ गते दिनभर व्यस्त कार्यतालिका रहेको छ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *